सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।
रास्वपाको प्रथम महाधिवेशन गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महाधिवेशनबाट ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भए भने सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
शपथ ग्रहणपछि सभापति लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई पार्टीको प्रतीकस्वरूप घण्टीजडित मायाको चिनो र प्रमाणपत्र प्रदान गरेका थिए ।
यसैबीच, रास्वपाले आजै पहिलो केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । बैठकमा पार्टीको विधानअनुसार मनोनयनमार्फत चयन गरिने ५१ जना केन्द्रीय सदस्यको विषयमा छलफल हुने जनाइएको छ । पार्टीले नयाँ नेतृत्व चयनसँगै आगामी संगठन विस्तार, कार्ययोजना तथा राजनीतिक रणनीतिलाई अघि बढाउने तयारी गरेको जनाएको छ ।





प्रतिक्रिया