१९९८ र २०१८ को विश्वकप विजेता फ्रान्सले २०२६ मा पनि विशेष टोली निर्माण गरेको छ र उपाधिको सबैभन्दा बलियो दाबेदार मानिएको छ । मोरक्कोलाई २–० ले पराजित गर्दै cबन्यो । यस जितले फ्रान्स किन अहिले पनि विश्व फुटबलको सबैभन्दा खतरनाक टोली हो भन्ने स्पष्ट देखायो ।
बोस्टनमा भएको खेलमा दोस्रो हाफको ६ मिनेटभित्र किलियन एमबाप्पे र उस्मान डेम्बेले ले गोल गर्दै फ्रान्सलाई सहज जित दिलाए ।
यो प्रतियोगितामा फ्रान्सले अहिलेसम्म १६ गोल गरिसकेको छ, जुन कुनै पनि टोलीभन्दा बढी हो । एमबाप्पेको यो आठौं गोल हो र उनी लियोनेल मेस्सी सँग बराबरीमा शीर्ष गोलकर्ता बनेका छन् । असिस्ट बढी भएकाले गोल्डेन बुटको दौडमा भने एमबाप्पे अगाडि छन् ।
डेम्बेलेले पाँच गोल पुर्याएका छन् । पछिल्ला ५० वर्षमा एउटै विश्वकपमा दुई खेलाडीले पाँच वा सोभन्दा बढी गोल गरेको यो दोस्रो अवसर हो । यसअघि २००२ मा ब्राजिलका रोनाल्डो र रिभाल्डो ले यस्तो उपलब्धि हासिल गरेका थिए ।
पूर्व स्कटल्याण्ड स्ट्राइकर प्याट नेभिनले भने, “फ्रान्स प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट, सबैभन्दा सीपयुक्त र सबैभन्दा खतरनाक आक्रमण गर्ने टोली हो ।”
१९९८ को विश्वकप विजेता टोलीका सदस्य प्याट्रिक भिएरा ले वर्तमान फ्रान्सेली टोलीलाई “महानताको नजिक” रहेको बताए ।
यदि फ्रान्सले जुलाई १९ मा उपाधि जित्यो भने, धेरैले यसलाई इतिहासकै उत्कृष्ट ‘ले ब्लु’ टोलीको रूपमा हेर्न सक्नेछन् ।
एमबाप्पे र डेम्बेले बाहेक फ्रान्ससँग अझै पनि माइकल ओलिसे, ब्राड्ली बारकोला, डिजिरे डुए, रायान चेर्की र जाँ-फिलिप मातेता जस्ता खतरनाक विकल्प छन् ।
रक्षात्मक रूपमा पनि फ्रान्स बलियो छ । छ खेलमा केवल दुई गोल मात्र खाएको छ ।
सेनेगल, इराक, नर्वे, स्विडेन, पाराग्वे र मोरक्कोलाई हराउँदै फ्रान्स अहिलेसम्म अपराजित छ । अब विश्व च्याम्पियन बन्नका लागि केवल दुई जित आवश्यक छ ।




प्रतिक्रिया