जुड बेलिङ्घमको दुई गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले हराउँदै विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । मियामीमा भएको रोमाञ्चक खेलमा बेलिङ्घमले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरेका थिए भने अतिरिक्त समयको तेस्रो मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए । अब इंग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।
जुड बेलिङ्घमको शानदार दुई गोलको मद्दतमा इंग्ल्यान्डले नर्वेलाई अतरिक्ति समयमा २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ ।
मियामीकाे अत्यधीक गर्मी र आर्द्रताबीच खेलिएको क्वार्टरफाइनलमा प्रशिक्षक थोमस टुचेलको टोलीले भाग्यको साथ पनि पायो, तर निर्णायक क्षणमा बेलिङ्घम फेरि एकपटक इंग्ल्यान्डका नायक बने । अब इंग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
३६औँ मिनेटमा नर्वेका आन्द्रेयास स्केल्डेरुपको प्रहार गोलमा परणित भयो । पहिलाे हाफको इन्जुरी समयमा एन्थोनी गोर्डनको पासलाई उत्कृष्ट रूपमा नियन्त्रण गर्दै जुड बेलिङ्घमले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा नर्वेका टोर्ब्योर्न हेग्गेमको गोल एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको कारण रद्द भयो । डेभिड मोलर वुल्फेको हेडर क्रसबारमा लाग्यो ।
अतिरिक्त समयको तेश्राे मिनेटमा वैकल्पिक खेलाडी मोर्गन रोजर्सको प्रहार गोलकिपर ओर्यान न्यालान्डले रोके पनि रिबाउन्डमा बेलिङ्घमले निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।
विश्व फुटबलका चर्चित स्ट्राइकर एर्लिङ हालान्ड यस खेलमा खासै प्रभावशाली देखिएनन् । अतिरिक्त समयको पहिलाे हाफपछि उनलाई मैदानबाट बाहिर निकालियाे ।
यो जितसँगै इंग्ल्यान्ड तेस्रो पटक विश्वकप फुटवलकाे सेमिफाइनलमा पुगेको छ । अब इंग्ल्यान्डले सेमिफाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ ।





प्रतिक्रिया