‘त्यसैले उनी राजा हुन्’ – मेस्सीले अर्जेन्टिनालाई तेस्रो विश्वकप फाइनलमा पुर्‍याए



चार वर्षअघि लाग्थ्यो, लियोनल मेस्सीको कथा समाप्त भइसकेको छ । ३५ वर्षको उमेरमा उनले अन्ततः विश्वकप जिते । त्यो उनको अन्तिम विश्वकप खेल हुने स्वयं मेस्सीले बताएका थिए । धेरैका लागि त्यसले उनलाई फुटबल इतिहासकै महान खेलाडीको रूपमा स्थापित गरिसकेको थियो ।

Argentina v Algeria: Group J - FIFA World Cup 2026

तर अहिले, ३९ वर्षको उमेरमा, मेस्सी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा छन् । उनले इंग्ल्यान्डविरुद्ध दुई निर्णायक असिस्ट गर्दै अर्जेन्टिनालाई २–१ को पुनरागमन जित दिलाए र लगातार दोस्रो विश्वकप फाइनलमा पुर्‍याए ।

इंग्ल्यान्डले ५५ औँ मिनेटमा एन्थोनी गोर्डनमार्फत अग्रता लिएपछि खेल अर्जेन्टिनाको पक्षमा मोडियो । प्रशिक्षक थोमस टुचेलले रक्षात्मक खेल रोजेपछि अर्जेन्टिनाले बाँकी ३७ मिनेटमा ८८% बल कब्जा गर्‍यो ।

त्यसपछि मेस्सी दायाँ विंगमा सरे र खेल पूर्ण रूपमा नियन्त्रणमा लिए । उनले ९ वटा सफल ड्रिब्ल, २ गाेल असिस्ट, ७ पटक विपक्षी बक्सभित्र बल छोए, ४ पटक गोलकाे अवसर सिर्जना गरे र ९ क्रस गरे ।

पहिलो गोलमा उनले कर्नरबाट एन्जो फर्नान्डेजलाई पास दिए, जसले ८५औँ मिनेटमा बराबरी गोल गरे । त्यसपछि इन्जुरी समयमा लाउतारो मार्टिनेजलाई क्रस मिलाएर विजयी गोलको आधार तयार गरे ।

مسی، بالاتر از پله، سلطان پاس‌گل در جام‌جهانی | ایران اینترنشنال

“उनी मैदानमा हिँडिरहन्छन्, तर बल खुट्टामा आएपछि अचानक जीवित हुन्छन् । यही कारण उनी महान हुन्,” बीबीसी विश्लेषक माइका रिचर्ड्स भन्छन् ।

अब अर्जेन्टिनाले फाइनलमा स्पेनसँग खेल्नेछ । यो विशेष भिडन्त हुनेछ, किनकि मेस्सीले आफ्नो करियरको अधिकांश समय बार्सिलोनामा बिताएका थिए । “उनी इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुन् । स्पेनका अधिकांश मानिसले उनलाई माया गर्छन्,” प्रशिक्षक लियोनल स्कालोनी बताउँछन् ।

गाेल्डेन बुटकाे दाबरेदारीमा पनि मेस्सी अग्रस्थानमा छन् । यदि गोल बराबर भयो भने असिस्टको आधारमा विजेता तय हुन्छ, जहाँ मेस्सी एमबाप्पेभन्दा अगाडि छन् ।

सन् २०१६ मा मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । त्यसअघि उनले २०१४ विश्वकप फाइनल र लगातार तीन कोपा अमेरिका फाइनल हारेका थिए ।

तर निर्णय फिर्ता लिएपछि उनले दुई कोपा अमेरिका र एक विश्वकप जिते ।

२०२२ मा विश्वकप उचालेपछि सबैले सोचेका थिए, अब उनको यात्रा पूर्ण भयो । युरोप छोडेर इन्टर मायामी पुगेपछि त झन् उनी करियरको अन्तिम चरणमा पुगेको जस्तो देखिन्थ्यो ।

तर २०२६ मा उनले फेरि सबैलाई चकित पारेका छन् ।

उनले यस प्रतियोगितामा कभर गरेको दूरीमध्ये ४७% समय हिँडेरै बिताएका छन्, याे कुनै पनि आउटफिल्ड खेलाडीमध्ये सबैभन्दा धेरै हाे । तर सही क्षणमा उनी अझै पनि घातक छन् । स्पेनिस पत्रकार गुइलेम बालागेका अनुसार मेस्सीले आफ्नो करियरमा कम्तीमा पाँच पटक खेल्ने शैली परिवर्तन गरेका छन् । अहिलेको मेस्सी पहिलेको जस्तो तीव्र दौडने खेलाडी होइनन्, तर खेलको गति नियन्त्रण गर्ने मास्टर बनेका छन् ।

यदि मेस्सीले फाइनलमा पनि गोल वा असिस्ट गरे भने उनले २०११ मा बनाएको लगातार १४ खेलमा योगदान दिने कीर्तिमान बराबरी गर्नेछन् । साथै, काफु पछि तीनवटा विश्वकप फाइनल खेल्ने मात्र दोस्रो खेलाडी बन्नेछन् ।

सामान्य हिसाबले हेर्दा, २०३० मा उनी ४३ वर्षका हुनेछन् । त्यसैले धेरैले आइतबारको फाइनललाई उनको अन्तिम विश्वकप खेल मानिरहेका छन् ।

तर मेस्सीको करियरले एउटा कुरा बारम्बार प्रमाणित गरेको छ, उनका बारेमा ‘अब सकियो’ भन्ने अनुमान गर्नु सबैभन्दा ठूलो भूल हुन सक्छ ।

विश्व फुटबलले उनलाई धेरै पटक अन्तिम पटक देखेको ठानेको छ, तर मेस्सीले हरेक पटक नयाँ अध्याय सुरु गरेका छन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार  २ : ११ बजे