अब सभामुखज्यूले जे भने पनि हस् भनेर टाउको हल्लाएर बस्न सकिन्न : आशिका तामाङ



काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सभामुख डोलप्रसाद अर्यालले आफूलाई ‘मर्यादा’मा बस्न आग्रह गरेकोप्रति टिप्पणी गरेकी छन् । मंगलबार फेसबुकमा लेख्दै उनले आफूले ३७ दिनसम्म धैर्यता र सहनशीलता अपनाएको र अब सभामुखले जे भने पनि हस् भनेर टाउको हल्लाएर बस्नु आफ्नो लागि कदापी स्वीकार्य नहुने बताएकी हुन् ।

‘सभामुखज्यू भन्नुहुन्छ ‘मर्यादा’मा बस्नुस्, ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन र ? पीडितको श्रीमती र बुवा लिएर कहिले मन्त्रालय, कहिले प्रधानमन्त्रीको सचिवालय को, कहिले काउन्सलर कहाँ चाहिँ पुगिन म त्यो ३७ दिनभित्र ?? ‘मर्यादा’ भनेको सभामुखज्यूले जे भन्नू हुन्छ हस् भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापी स्वीकार्य हुने छैन !’ उनले फेसबुकमा लेखेकी छन्, ‘हिजो प्रतिपक्षले बिना कारण सभामुखज्यूलाई आलोचना गर्दा सबैभन्दा अगाडि नियम आपत्ति गर्ने पनि मै थिएँ भने आज जनताको मुद्दा को उपर काम ढिलासुस्ती हुँदा सदनमा सभामुखज्यूमार्फत जवाफ मात्र त खोजेको हुँ ! सरकार भनेको जनताको हरेक मुद्दाको जवाफदेहिता हुनुपर्छ !’

उनले आफूले सदनमा जनताको मुद्दामाथि सरकारसँग जवाफ मागेको बताइन् । उनले सरकार जनताको हरेक मुद्दाको जवाफदेहिता हुनुपर्ने समेत स्मरण गराइन् ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलबार  १० : ४६ बजे