कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको छ भने विपक्षमा विपक्षमा १५ मत खस्यो । मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए। भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।




प्रतिक्रिया