पेन्ट कम्पनी कन्साइ नेरोल्याक पेन्ट्स (केएनपी) ले रंगकर्मी तथा पेन्ट कन्ट्र्याक्टरलाई लक्षित गर्दै ‘कलर मास्टर २०८३’ र ‘चाडपर्व योजना २०८३’ सार्वजनिक गरेको छ । काभ्रेको बनेपामा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले नयाँ योजना सार्वजनिक गरेको हो ।
रंगकर्मीलाई थप प्रोत्साहन गर्नुका साथै कम्पनी र उनीहरूबीचको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा काभ्रेका विभिन्न क्षेत्रबाट १०० भन्दा बढी रंगकर्मी तथा पेन्ट कन्ट्र्याक्टर सहभागी भएका थिए । कार्यक्रममा भाग्यशाली विजेता काभ्रेका भगवान उप्रेतीलाई १५० सीसीको बजाज पल्सर मोटरसाइकल प्रदान गरिएको थियो । साथै, ८ हजार रुपैयाँदेखि ११ लाख २५ हजार रुपैयाँसम्मका नगद पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा सहभागी रंगकर्मी तथा कन्ट्र्याक्टरलाई केएनपीका उत्पादन, तिनको गुणस्तर, नयाँ योजना तथा बजारमा कम्पनीको उपस्थितिबारे जानकारी दिइएको थियो । उनीहरूले कम्पनीसँगको सहकार्य, व्यवसायिक अनुभव तथा आगामी योजनाबारे समेत छलफल गरेका थिए ।
रंगकर्मीलाई आफ्नो व्यवसायिक यात्राका महत्वपूर्ण साझेदारका रूपमा लिँदै केएनपीले आगामी दिनमा पनि उनीहरूलाई लक्षित गर्दै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम तथा योजना सञ्चालनलाई निरन्तरता दिने जनाएको छ ।





प्रतिक्रिया