काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै खेद प्रकट गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘यस्तो कुप्रचार तथा अदालतको गरिमालाई घटाउने योजनाबद्ध खेलप्रति खेदप्रकट गर्दछु । जिम्मेवार मिडिया समेत यसप्रति सचेत रहन आग्रह गर्दछु।’
नेता खड्काले न्यायको सर्वब्यापी सिद्धान्त सबैका लागि न्यायलाई आत्मसात गर्दै नेपाली कांग्रेसको आन्तरिक जीवनमा भएको केही अन्यायपूर्ण घटनामा न्याय खोज्न सर्वोच्चको ढोका ढक्ढकाएको स्पष्ट पारेका छन्। उनले सर्वोच्च अदालतमा आज उत्प्रेषण, प्रतिषेध र परमादेश समेत अन्तरकालीन आदेश जारी गरी पाउँ भनी माग गरि न्याय खोज्दा उल्टै स्वतन्त्र न्यायपालिकाको समेत मानमर्दन हुने, अविश्वास पैदा गर्ने उद्देश्यले केही ब्यक्ति तथा समूहले ‘अदालत सेटिङ’ गरेको भन्दै आफ्नो समेत नाम जोडेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।
नेता खड्काले न्याय र स्वतन्त्रताको लागि लडेको एक सिपाहीको नाताले सबै अदालतप्रति उत्तिकै विश्वास र भरोसा भएको भन्दै सम्मानीत सर्वोच्च अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्।





प्रतिक्रिया