काठमाडौं । १ लाख ५५ हजार रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । दुधौली नगरपालिका–८ खोरभञ्जाङका लोकबहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१२ बस्ने २१ वर्षीय सन्देश बुढाक्षेत्री समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५५ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया