प्रचण्ड रुस प्रस्थान



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा १४ देखि १७ नोभेम्बरसम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन’ विषयक विश्व सम्मेलनमा सहभागी हुन दाहाल आज बिहान मस्को प्रस्थान गरेका हुन् ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि भ्रमणमा सहभागी रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ९ : ४९ बजे