प्रधानमन्त्री ओली भदौं ३१ मा भारत भ्रमणमा जादै



प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ३१ गते भारत भ्रमणमा जानु हुने भएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा दुई दिने भारत भ्रमणका लागि प्रधानमन्त्री ओली भदौं ३१ नयाँ दिल्ली प्रस्थान गर्नुहुने भएको हो । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलीपल्टै अर्थात असोज १ गते नै फर्कने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध सुधार आपसी हितका बिषयमा छलफल हुने जनाईएको छ । नेपाली पक्षले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थालिसकेको छ ।

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालले संविधान नै संशोधन गरेर लिम्पियाधुरा र लिपलेखसहितको नयाँ नक्सा जारी गरेपछि भारत केही रुष्ट देखिन्छ । दुवै पक्षमा देखिएको असन्तुष्टी कम गर्न यो भ्रमण महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  २ : ३२ बजे