पार्टीविरुद्ध अभिव्यक्ति दिए कारबाही हुुन्छ: अध्यक्ष ओली



एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध अभिव्यक्ति दिए जोकोहीलाई कारबाही हुने चेतावनी दिनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको आज बसेको बैठकमा अध्यक्ष ओलीले नेताहरु आफ्ना स्वार्थका ससाना कुरा गरेर संकीर्ण बनेको भन्दै पार्टीभित्र अस्वस्थ्य गतिविधी हुन नदिने बताउनुभयो ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति पनि उहाँले रोष प्रकट गर्नुभयो । चुनाव हारेका नेताहरू भण्डारीको अघिपछि लागेर हिंडेको उहाँको आरोप थियो । उहाँले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न भण्डारीलाई आग्रह गरेको जानकारी दिनुभयो ।

एमाले र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेको बेला सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक रहेको अध्यक्ष ओलीको भनाई थियो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ६ : ०२ बजे