अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पका कारण ६०० भन्दा बढीको मृत्यु भएको छ । मृत्य्ु भएकाहरु अधिकांश कुनार क्षेत्रका रहेका छन् । तालेवानको गृह मन्त्रालयका अनुसार १ हजार ५ सय भन्दा बढी घाइते भएका छन् ।
अफ्गानिस्तानको पूर्वी हिमाली भेगमा स्थानीय समयअनुसार आइतबार राती ११ बजेर ४७ मिनेट जादा भूकम्प गएको हो ।
८ किलोमिटर को सतही गहिराइमा गएको यो भूकम्पले काबुलदेखि लिएर पाकिस्तानको राजधानी इस्लामावादसम्म भवनहरू हल्लाएको छ ।
दुगर्म क्षेत्रमा भूकम्प गएका कारण यकिन तथ्यांक भने आइनसकेको भन्दै तालिबानको गृह मन्त्रालयले मृत्यु हुने संख्या अझै बढ्ने आशंका व्यक्त गरेको छ । त्यहाँ उद्धार तथा राहत टोली समेत पुग्न सकेको छैन ।
तालिबान सरकारका अधिकारीहरुले दर्जनौं भवनहरु भग्नावशेषमा परिणत भएको भन्दै गाउँहरू नै ध्वस्त भएको बताएका छन् ।
स्थानीयहरूले भूकम्पको केन्द्र नजिकै भूस्खलनले क्षेत्रहरू बन्द भएको बताएका छन्, जसका कारण क्षतिको पूर्ण मूल्यांकन गर्न लामो समय लाग्ने बीबीसीले उल्लेख गरेको छ ।



प्रतिक्रिया