उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । विजय दिवसको अवसरमा आयोजना हुन लागेको सैन्य परेडमा सहभागी हुन नेता किम चीन पुगेका हुन् । बुधबार हुने परेडमा नेथा किमसँगै रुसी राष्ट्रपति भ्लादिमीर पुटिन पनि सहभागी हुनेछन् ।
किम उनकै सशस्त्र रेलमा चीन पुगेका हुन् । सो रेलभित्रै सुविधासम्पन्न रेस्टुरेन्ट पनि रहेको बीबीसीले उल्लेख गरेको छ । किम प्योङयाङबाट सोमबारै हिडेपनि सुरक्षालाई ध्यानमा राखेर सीमित गतिमा रेल गुडेकाले आज मात्रै पुगेका हुन् ।
किम बुधबारको सैन्य परेडमा सहभागि भए सन् १९५९ पछि चीनको सैन्य परेडमा सहभागि हुने पहिलो उत्तर कोरियाली नेता बन्नेछन् । उनीसँगै म्यानमार, इरान र क्युबासहित २६ देशका प्रमुख सैन्य परेडमा सहभागि हुनेछन् ।



प्रतिक्रिया