कोइला अभावमा हेटौडा सिमेन्ट उद्योग वन्द


रासस

३ बैशाख २०८३, बिहिबार  

0
Shares

हेटौंडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ ।

करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ ।

करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौंडा सिमेन्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए ।

कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  १ : ३६ बजे