इरानले अमेरिकासँगको वार्तामा केही प्रगती भएको बताएको छ । इरानी संसदका प्रबक्ताले वार्ता जारी रहेपनि सहमतिनजिक पुग्न भने अझै समय लाग्ने बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग धेरै राम्रो संवाद भइरहेको बताए । यद्यपी तेहरानले हर्मुज स्ट्रेटसम्बन्धमा आफ्नो देशमाथि इरानलाई “ब्ल्याकमेल” गर्न नदिने स्पष्ट पारेका छन् ।
अमेरिकाले आफ्ना बन्दरगाहहरूमा लगाएको नाकाबन्दीलाई युद्धविरामको उल्लंघन भन्दै इरानले उक्त नाकाबन्दी नहटाएसम्म हर्मुज स्ट्रेट बन्द रहने जनाएको छ । साथै, वासिङ्टनबाट आएका नयाँ प्रस्तावहरूबारे हाल समीक्षा भइरहेको पनि जनाएको छ ।
ट्रम्पले भने इरानसँगको सम्झौता सय प्रतिशतसम्म पूरा नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन् ।
तनाव बढ्दै जाँदा, हर्मुज स्ट्रेटमा दुई इरानी गनबोटहरूले एक तेल ट्यांकरमाथि गोली प्रहार गरेका छन् । अन्य केही जहाजहरूले पनि अज्ञात वस्तुहरूबाट आक्रमण भएको बताएका छन् ।
अमेरिकी सेनाका अनुसार, इरानी बन्दरगाहमा नाकाबन्दी सुरु भएपछि हर्मुज स्ट्रेट नजिकबाट २३ वटा जहाजहरूलाई फर्कन बाध्य पारिएको छ ।





प्रतिक्रिया