सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस



सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्बाट सिफारिस भएर आएका दुई अध्यादेशबारे अध्ययन भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आहृवानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आहृवान गर्नुभएको थियो । सरकारले वैशाख १० गते पुनः अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ५४ बजे