स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा



अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । जुलियन आल्भारेजको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले हराउादै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाका म्याक एलिस्टरले हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई क्यान्सस सिटीमा अग्रता दिलाए । स्विट्जरल्यान्डका न्डोयेले बराबरी गोल गरे । स्विट्जरल्यान्डका एम्बोलोलाई रातो कार्ड देखाइएको थियो, तर भिएआर ले गलत खेलाडी पहिचान भएको ठहर गर्दै निर्णय उल्टायो ।

अतिरिक्त समयमा जुलियन आल्भारेजले शानदार गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । आल्भारेजको गोललाई खेलकै उत्कृष्ट क्षण मानिएको छ । मार्टिनेजले अन्तिम समयमा तेस्रो गोल थप्दै जित पक्का गरे ।

अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले नर्वेलाई २–१ ले हराउँदै सेमिफाइनलकाे यात्रा तय गरेकाे हाे ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ९ : ५९ बजे