नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गाेपालमान श्रेष्ठको मंगलबार ८३ वर्षको उमेरमा निधन भएको छ । जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचाररत रहेका श्रेष्ठको उपचारकै क्रममा निधन भएको हो । श्रेष्ठ लामाे समयदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्याे ।
पूर्वमन्त्री मेखलाल श्रेष्ठले ले निधनको जानकारी दिँदै बुधबार बिहान ८ देखि ११ बजेसम्म पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएका छन् ।
कांग्रेस सभापति गगन थापाले केही साताअघि मात्रै श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनाेनयन गरेका थिए ।




प्रतिक्रिया