नेपालमा हाल ५२६ जना रोहिंग्या शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरू विभिन्न समयमा दक्षिणी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।
प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार नेपालमा रहेका रोहिंग्यामध्ये १६२ जना पुरुष, १४८ जना महिला र २१६ जना बालबालिका छन् ।
प्रहरीका अनुसार उनीहरू मुख्य रूपमा काठमाडौंको कपन र ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गर्दै आएका छन् ।
यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपालमा रोहिंग्यासहित अन्य शरणार्थी समूहको प्रवेश भएको विषय सार्वजनिक रूपमा उल्लेख गरेका थिए ।
प्रहरीले पछिल्लो समय यस्ता व्यक्तिको अवैध प्रवेश रोक्न दक्षिणी सीमा नाकामा सुरक्षा निगरानी थप कडा बनाइएको जनाएको छ। सीमा क्षेत्रमा गस्ती, निगरानी र सुरक्षा संयन्त्रलाई सुदृढ बनाइएको प्रहरीको भनाइ छ ।





प्रतिक्रिया