कञ्चनपुर : कैलालीमा सामुदायिक विद्यालयका व्यवस्थापन समिति सदस्य घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। बिहीबार गौरीगंगा नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देबबहादुर बमलाई २ लाख रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।
विद्यालयका एक कर्मचारीबाट रकम लिँदै गरेको अवस्थामा बमलाई धनगढीबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता चेतराज भट्टले बताए। विद्यालयका कर्मचारीलाई सेवा–सुविधा वृद्धि गरिदिने भन्दै बमले २ लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ।





प्रतिक्रिया