त्रिशुलीमा आज आएको बाढीले बगायो चरौंदीको पुल



काठमाडौं । त्रिशुलीमा आज आएको बाढीले धादिङको चरौंदी र गोरखाको घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बगाएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ र गोरखाको गण्डकी गाउँपालिका ८ जोड्ने पुल आजको बाढीले बगाएको हो ।

बाढीले चरौंदीस्थित सहकारी भवन र विद्यालयमा पनि क्षति पुर्‍याएको छ । यसअघिको विनाशकारी बाढीमा जोगिएको पुल र भवन आजको बाढीले बगाएको हो ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : ४१ बजे