चीनबाट आइपुग्यो चौथो खेप राहत सामग्री



काठमाडौं। चीन सरकारले बाढी प्रभावितका लागि चौथो खेप राहत सामग्री पठाएको छ । आपत्कालीन राहत सामग्री लिएर चिनियाँ जनमुक्ति सेनाको वायुसेवाको वाई–२०ए विमान मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विमानस्थलमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन सहभागी थिए।

नयाँ किस्ताअन्तर्गत प्राप्त राहत सामग्रीहरूमा मुख्य रूपमा उद्धार कार्यमा प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल पर्मानेन्ट म्याग्नेट फ्लड पम्प, थप ब्याट्री, मर्चरी फ्रिजर र सौर्य ऊर्जाबाट चल्ने बत्तीहरू रहेका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  २ : ४१ बजे