बालेनसँगको बैठकपछि सिंहदरबारबाटै पक्राउ परे गाउँपालिका अध्यक्ष तामाङ



काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।

उनलाई बैंकिङ कसुर मुद्दाको अनुसन्धान लागि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए ।

प्रहरीले उनलाई सोमबार सिंहदरबारबाट पक्राउ गरेको हो ।

तामाङ प्रधानमन्त्री बालेन साहले बोलाएको बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको बैठकमा सहभागी थिए ।

बैठकबाट बाहिरिएलगत्तै उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ५ : ४६ बजे