एमालेबाट निर्वाचित भएर अन्य पार्टीमा लागेका चारजना जनप्रतिनिधिको गयो पद



काठमाडौं । नेकपा (एमाले) बाट निर्वाचित भएर अन्य दलमा लागेका चारजना जनप्रतिनिधिको पद गएको छ । पार्टीको सिफारिसअनुसार निर्वाचन आयोगले आज सूचना निकालेर उनीहरू पदमुक्त गरेको जानकारी दिएको हो ।

पदमुक्त हुनेमा लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र सोही गाउँपालिका- ५ नम्बरका वडाअध्यक्ष अनवर मोहमद मुसलमान रहेका छन् । उनीहरू रास्वपामा प्रवेश गरेका थिए ।

यसैगरी भोजपुरस्थित भोजपुर नगरपालिकाकी उपमेयर निर्मला शेर्पा र ८ नम्बरका वडाध्यक्ष नवीन प्रधान पनि पदमुक्त भएका हुन् । उनीहरू श्रम संस्कृति पार्टीमा लागेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  १ : ०४ बजे