एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ ग्रहण आज



काठमाडौँ : नेकपा (एमाले) का मनोनीत केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ।

एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुनेछ।

मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने कार्यक्रम तय भएको आचार्यले जानकारी दिएका छन्।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ११ : ५० बजे