काठमाडौँ : नेकपा एमालेको ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी फिर्ता भएका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सोमबारदेखि कार्यालयमा सुरक्षाका लागि खटिँदै आएको सशस्त्र प्रहरीको टोली फिर्ता भएको हो ।
यसअघि एमालेको केन्द्रीय कार्यालयमा पाँच जना सशस्त्र प्रहरी २४ सै घण्टा सुरक्षाका लागि तैनाथ रहने गरेका थिए । २०७८ सालदेखि च्यासलमा सञ्चालन हुँदै आएको पार्टी कार्यालयमा उनीहरू नियमित रूपमा खटिँदै आएका थिए ।
आइतबारसम्म कार्यालयको सुरक्षामा रहेका सशस्त्र प्रहरी सोमबारदेखि फिर्ता भएका हुन् ।





प्रतिक्रिया