तारकेश्वरमा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ


Logo

Bikal Shrestha

२७ आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौँ। काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर पर्साका बसुद्दीन मियाँलाई पक्राउ गरेको हो।

उनकाे साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहोराले जानकारी दिए। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : २१ बजे