काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण गरिएको अस्थायी घर टहरा हस्तान्तरण गरेका छन्। एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास १८ परिवारलाई अध्यक्ष ओलीले हस्तान्तरण गरेका हुन्।
अस्थायी टहरामा शौचालय, बिजुली, पानी लगायतको सुविधासहितको निर्माण गरिएको छ। उनले पार्टीका नेता कार्यकर्तालाई अस्थायी आवास निर्माण गरेर प्रशंसनीय काम गरेको बताए।
उनले भने, ‘हामी हाम्रो तर्फबाट जेजस्तो सहयोग गर्न सक्छौँ, अधिकतम सहयोग गर्ने कोसिस गर्छौँ। पुनर्निर्माण, पुर्नव्यवस्थापन र जीविकाको सम्बन्धमा के गर्न सकिन्छ त्यो काम हामी गर्छौँ।’
अन्य बाढी प्रभावित, उद्योग सञ्चालकलगायतले ध्यानाकर्षण गराएका विषयमा पनि सक्दो सम्बोधन गर्ने बाचा गरे।





प्रतिक्रिया