रवि लामिछानेका चालक घरको छतबाट लडेर घाइते



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिका गाडी चालक दिलबहादुर थापा आफू बसेको घरको छतबाट लडेर घाइते भएका छन् ।

लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका ११ को ३ तले घरको छतबाट खसेर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका ३९ वर्षीय थापा सख्त घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार, घटना बिहान चार बजेतिर भएको थियो । चालकको खुट्टा र टाउकामा गम्भीर चोट लागेको छ । उनको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भुँइतलासहित तीन तला रहेको सो घरमा माथिल्लो तलामा चालक सुतेका थिए । उनीसँगै अर्का चालक पनि सुतेको प्रहरीले जनाएको छ । घटना के–कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ३२ बजे