विदेशबाट फर्किने नेपालीले दुई थान मोबाइल ल्याउन पाउने



काठमाडौं– सरकारले विदेशबाट फर्किने नेपाली नागरिकलाई दुई थान मोबाइल ल्याउन दिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले झिटिगुन्टा आदेश संशोधन गरी थप एउटा मोबाइल लल्याउन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । अहिले झिटिगुन्टा आदेशमा विदेशबाट फर्किने नेपाली नागरिकले पूर्ण भन्सार छुटमा एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ ।

सरकारले एमडीएमएस प्रणाली लागु गर्दै विमानस्थल भन्सारले प्रयोग भइरहेको वा नयाँ जुनसुकै फोन एक थान मात्र ल्याउन दिएपछि विवाद भएको थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि एमडीएमएस प्रणाली लागु नगर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ८ : ०९ बजे