बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

रामपुर । राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् । मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका विभिन्न बाली लगाएर स्याहार्न नपाएपछि हिजोआज कृषकले खेती गर्नै छाडेको बताउँछन् सगाहाका अगुवा कृषक ऋषिराम अर्याल ।…