पाठशालाः जहाँ पढेपछि पोषण र उत्पादनमा सुधार हुँदैछ

जनकपुरधाम । पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् । सुरुमा धनुषाको धनौजी गाउँपालिका–२ की सोनाली साहलाई पाठशाला जानुपर्छ…