खार्तूम हवाई आक्रमणमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४० भन्दा बढी

वड मदानी । सुडानको राजधानी खार्तूमको दक्षिणमा आइतबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका स्थानीय अधिकारकर्मीले बताएका छन् । सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज’को कमाण्ड सम्हाल्ने उनका पूर्व डेपुटी मोहमद हमदान डग्लोबीच गत अप्रिलमा भएको युद्धमा आइतबार बिहान गरिएको आक्रमण सबैभन्दा घातक…