गणित उद्यान सुरु

काठमाडौँ । विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क) को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वल्र्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । पाई डे तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर…