स्थानीय निर्वाचन १ लाख ५२ हजार ४ सय ५४ उम्मेद्वारमा ९४ हजार ७ सय ६० पुरुष, ५७ हजार ७ सय पाँच जना महिला



आगामी वैशाख ३० गते ३५ हजार दुई सय २१ पदका लागि हुन लागेको स्थानीय तहको निर्वाचनमा चार गुणाभन्दा बढीको उम्मेदवारी परेको छ । जसमा ६२ प्रतिशत पुरुष छन् भने ३७ प्रतिशत महिला उम्मेदवार छन् । एमाले र कांग्रेसले समग्रमा ४१–४१ प्रतिशत महिला उम्मेदवार उठाएका छन् भने माओवादीले ४० प्रतिशत महिलालाई उम्मेदवार बनाएको छ । प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा भने माओवादी अगाडि छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार एक लाख ५२ हजार चार सय ५४ जनाको उम्मेदवारी ९४ हजार सात सय ६० जना पुरुषको उम्मेदवारी परेको छ भने ५७ हजार सात सय पाँच जना महिला उम्मेदवार छन् ।

आयोगका अनुसार तीन हजार चार सय ९४ जनाको नगर प्रमुखमा उम्मेदवारी परेको छ । जसमा तीन हजार दुई सय २८ अर्थात ९२ दशमलव ३८ प्रतिशत पुरुष छन् भने दुई सय ६६ अर्थात सात दशमलव ६१ प्रतिशत महिला छन् ।

त्यस्तै अध्यक्षमा तीन हजार तीन सय ८७ जनाको उम्मेदवारी पर्दा ९४ दशमलव १५ प्रतिशत अर्थात तीन हजार एक सय ८९ पुरुषको उम्मेदवारी परेको छ भने पाँच दशमलव ८४ प्रतिशत अर्थात एक सय ९८ जना मात्रै महिलाको परेको छ ।

उपप्रमुख पदमा भने दुई हजार एक सय ५६ जनाको उम्मेदवारी परेकोमा ७१ दशमलव ८४ प्रतिशत अर्थात एक हजार पाँच सय ४९ जना महिलाको उम्मेदवारी परेको छ । २८ दशमलव १५ प्रतिशत अर्थात ६ सय ७ जना मात्रै पुरुषको परेको छ । तर उपाध्यक्षमा भने दुई हजार चार सय एक जनाको उम्मेदवारी पर्दा ७४ दशमलव ४६ प्रतिशत अर्थात एक हजार सात सय ८८ जना महिलाको उम्मेदवारी परेको छ । २५ दशमलव ५३ प्रतिशत अर्थात ६ सय १३ जना मात्रै पुरुषको उम्मेदवारी परेको छ ।

३५ हजार दुई सय ६५ जनाको वडा अध्यक्षका लागि उम्मेदवारी पर्दा ९७ प्रतिशत अर्थात ३४ हजार दुई सय १५ जना पुरुषको उम्मेदवारी परेको छ भने करिब तीन प्रतिशत अर्थात एक हजार ५० जना मात्र महिलाको उम्मेदवारी परेको छ ।

त्यस्तै दुईजना खुला सदस्यमा ५५ हजार चार सय ७१ जनाको उम्मेदवारी परेकोमा ९५ दशमलव ३७ प्रतिशत पुरुषको उम्मेदवारी पर्दा महिलाको भने चार दशमलव ६२ प्रतिशत अर्थात दुई हजार पाँच सय ६३ जनाको मात्रै उम्मेदवारी परेको छ ।

माओवादीबाट ४० प्रतिशत महिला उम्मेदवार

आयोगको विवरणअनुसार नेकपा ९माओवादी केन्द्र०ले प्रमुखदेखि वडा सदस्यमा गरेर जम्मा २२ हजार एक सय ७३ जनाको उम्मेदवारी दर्ता गराएको छ । जसमा ५९ दशमलव ६७ प्रतिशत अर्थात १३ हजार दुई सय ३२ जना पुरुष छन् भने ४० प्रतिशत अर्थात आठ हजार नौ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

९माओवादी केन्द्र०ले प्रमुख पदमा भने एक सय ७४ जनाको उम्मेदवारी दर्ता गराउँदा ८९ दशमलव ६५ प्रतिशत अर्थात एक सय ५६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने १० प्रतिशतभन्दा बढी अर्थात १८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै अध्यक्षमा दुई सय ९० जनाको उम्मेदवारी दर्ता गराउँदा ९० प्रतिशत अर्थात दुई सय ६१ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने १० प्रतिशत अर्थात २९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

उपप्रमुखमा दुई सय १४ जनाको उम्मेदवारी दर्ता गराउँदा ६० दशमलव ७४ प्रतिशत अर्थात एक सय ३० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ । ३९ दशमलव २५ प्रतिशत अर्थात ८४ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि तीन सय १५ जनाको उम्मेदवारी दर्ता गराउँदा ६४ दशमलव ४४ प्रतिशत अर्थात दुई सय तीन जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने ३५ दशमलव ५५ प्रतिशत अर्थात एक सय १२ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

वडा अध्यक्षमा भने चार हजार चार सय २८ जनाको उम्मेदवारी दर्ता गराउँदा करिब ९८ प्रतिशत अर्थात चार हजार तीन सय ३७ पुरुषको उम्मेदवारी दर्ता गराएको छ । दुई प्रतिशत अर्थात ९१ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

दुई खुला सदस्यमा पनि आठ हजार ६ सय ८१ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ४० प्रतिशत अर्थात आठ हजार दुई सय ८२ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने चार दशमलव ६० प्रतिशत अर्थात तीन सय ९९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

प्रमुख तीन दलबाहेक जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०, विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चासहित ७६ वटा राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकोमा पनि महिलाको उम्मेदवारी दर्ता न्यून छ ।

एमालेबाट समग्रमा ४१ प्रतिशत महिला उम्मेदवार

सार्वजनिक विवरण अनुसार नेकपा एमालेले प्रमुखदेखि वडा सदस्यमा गरेर जम्मा ३३ हजार तीन सय ६८ जनाको उम्मेदवारी दर्ता गराउँदा ५८ दशमलव १८ प्रतिशत अर्थात १९ हजार चार सय १६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने ४१ दशमलव ८१ प्रतिशत अर्थात १३ हजार ९ सय ५२ जना महिलाबाट उम्मेदवारी दर्ता गराएको छ ।

समग्रमा ४१ प्रतिशत महिलाको उम्मेदवारी दर्ता गराएको नेकपा एमालेले प्रमुख पदमा भने दुई सय ९० जनाको उम्मेदवारी दर्ता गराउँदा ९० प्रतिशत भन्दा बढी अर्थात दुई सय ६३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ । ९ दशमलव ३१ प्रतिशत अर्थात २७ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

यस्तै अध्यक्षमा चार सय ४६ जनाको उम्मेदवारी दर्ता गराउदाँ ९३ दशमलव ७२ प्रतिशत अर्थात चार सय १८ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने ६ दशमलव २७ अर्थात २८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमालेले उपप्रमुखमा भने दुई सय ८५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९० दशमलव ८७ प्रतिशत अर्थात दुई सय ५९ जना महिलाको उम्मेदवारी दर्ता गराएको छ । नौ दशमलव १२ प्रतिशत अर्थात २६ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि चार सय ४५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९२ दशमलव १३ प्रतिशत अर्थात चार सय १० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने सात दशमलव ८६ प्रतिशत अर्थात ३५ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

वडा अध्यक्षमा ६ हजार पाँच सय ६ जनाको उम्मेदवारी दर्ता गराउँदा एमालेले ९८ दशमलव १८ प्रतिशत अर्थात ६ हजार तीन सय ८८ पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने करिब दुई प्रतिशत अर्थात एक सय १८ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

दुई खुला सदस्यमा पनि पुरुष नै हाबी भएको छ । जसमा १२ हजार आठ सय २७ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ७८ प्रतिशत अर्थात १२ हजार दुई सय ८६ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने चार दशमलव २१ प्रतिशत अर्थात पाँच सय ४१ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसमा पनि ४१ प्रतिशत नै महिला उम्मेदवार

आयोगको विवरण अनुसार नेपाली कांग्रेसले प्रमुखदेखि वडा सदस्यमा जम्मा ३१ हजार तीन सय २३ जनाको उम्मेदवारी दर्ता गराउँदा ५९ प्रतिशत अर्थात १८ हजार चार सय ७६ जना पुरुषबाट उम्मेदवारी दर्ता गराएको छ भने ४१ प्रतिशत अर्थात १२ हजार ८ सय ४७ जना महिलाबाट उम्मेदवारी दर्ता गराएको छ ।

समग्रमा ४१ प्रतिशत नै महिलाको उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसले प्रमुख पदमा भने दुई सय ६५ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ दशमलव ४७ प्रतिशत अर्थात दुई सय ५३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ । चार दशमलव ५२ प्रतिशत अर्थात १२ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै अध्यक्षमा तीन सय ८२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९५ प्रतिशत अर्थात तीन सय ६३ जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने करिब पाँच प्रतिशत अर्थात १९ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

कांग्रेसले उपप्रमुखमा दुई सय ११ जनाको उम्मेदवारी दर्ता गराउँदा ८५ दशमलव ३० प्रतिशत अर्थात एक सय ८० जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने १४ दशमलव ६९ प्रतिशत अर्थात ३१ जना मात्रै पुरुषको उम्मेदवारी दर्ता गराएको छ ।

त्यस्तै उपाध्यक्षमा पनि तीन सय ५९ जनाको उम्मेदवारी दर्ता गराउँदा ८१ दशमलव ३३ प्रतिशत अर्थात दुई सय ९२ जना महिलाको उम्मेदवारी दर्ता गराएको छ भने १८ दशमलव ६६ प्रतिशत अर्थात ६७ जना मात्रै पुरुषको दर्ता गराएको छ ।

कांग्रेसले वडा अध्यक्षमा ६ हजार एक सय ३२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९८ दशमलव ६९ प्रतिशत अर्थात ६ हजार ५२ पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने एक दशमलव ३० प्रतिशत अर्थात ८० जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

दुई खुला सदस्यमा पनि १२ हजार ९२ जनाको उम्मेदवारी दर्ता गराउँदा ९६ दशमलव ८४ प्रतिशत अर्थात ११ हजार सात सय १० जना पुरुषको उम्मेदवारी दर्ता गराएको छ भने तीन दशमलव १५ प्रतिशत अर्थात तीन सय ८२ जना मात्रै महिलाको उम्मेदवारी दर्ता गराएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  ११ : १९ बजे