काठमाडौं : नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ। साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ।
२२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ। मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन भएको जानकारी दिए।
त्यस्तै ६१८ पालिका, २२८ प्रदेश सभा साथै ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको डा. महतले जानकारी दिए। साथै आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको उद्घाटन शेर बहादुर देउवाले गर्नेपनि उनले जानकारी दिए।
‘नियमिति महाधिवेशनका लागि छोटो समयमा प्रक्रिया अघि बढाएको थियो तर सक्रियता उत्साहपूर्ण पायौं। देशभरका कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा र स्वयमसेवी भावनाले सहभागि भइरहनु भएको छ, हामी उत्साहित छौं,’ डा. महतले भने।
अधिवेशनमा सहभागी सबैजना न्याय र विधिको पक्षमा साथै कांग्रेसको मूल मान्यताका काम गरिरहेको पनि उनले बताए। विशेष महाधिवेशनमा सहभागी भएका धेरैजना आफ्नो समूहमा जोडिन थाल्नुभएको र जोडिनेक्रम जारी रहेको पनि उनले जानकारी गराए।
‘धेरै साथीहरु उताबाट यता जोडिनु भएको छ। जोडिनेक्रम जारी छ। साथै मंसिर २१, २२, २३ मा हुने महाधिवेशनमा जोडिन आब्हान पनि गर्दछु,’ डा. महतले भने।





प्रतिक्रिया