आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण



काठमाडौं, बैशाख १३ – बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ ।

आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो ।

यस वर्ष सरकारले बजेटमार्फत ७ प्रतिशत हाराहारीको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य लिएको छ । यद्दपी लक्ष्य अनुसार प्रगति भने प्राप्त नहुने सरकारले स्वीकार गरिसकेको छ ।

आइएमएफका अनुसार एसियाली भेगका विकाससिल मुलुकमा औसतः ५.४ प्रतिशतको आर्थिक वृद्धिदर कायम रहने छ ।

एसियाका विकसित मुलुकको भने २.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने छ । पुरै एसियाको भने ४.९ प्रतिशत आर्थिक वृद्धिदर रहने छ । दक्षिण एसियाली भेगमा भारतले ८.२, बंगलादेशले ६.४, श्रीलंकाले २.६ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : ५६ बजे