विश्वमा घट्यो कम्प्युटरको उत्पादन, ३ महिनामा ७ करोड ८७ लाख



काठमाडौं, वैशाख १८- सन् २०२२ को पहिलो त्रैमासिकमा विश्व बजारमा पर्सनल कम्प्युटरको उत्पादन घटेको छ ।

सन् २०२१ को तुलनामा यो त्रैमासिकमा पर्सनल कम्प्युटरको उत्पादन ४.३ प्रतिशतले घटेको हो । यो अवधिमा विश्व बजारमा ७ करोड ८७ लाख गोटा पीसी उत्पादन गरी बजारमा पठाइएको रिपोर्ट बिहिबार सार्वजनिक भएको छ ।

विश्वका विभिन्न ब्राण्डका ल्यापटपको उत्पादन कारखाना रहेको चीनको सांघाई तथा कुनशानमा कोभिड १९ को नयाँ लहरका कारण भएको लकडाउनका लागि अप्रिल महिनामा ल्यापटप उत्पादन तथा शिपमेन्टमा झनै असर पुग्ने बताइएको छ ।

काउन्टरप्वाइन्टले सार्वजनिक गरेको रिपोर्ट अनुसार विश्वव्यापी मुद्रास्फिती तथा क्षेत्रीय द्धन्दले गर्दा पर्सनल कम्प्युटरको मागमा अनिश्चितता पैदा गरेको र त्यसले कम्प्युटरको उत्पादन र शिपमेन्टमा असर गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ०९ बजे