एप्पलले ल्यायो स्मार्ट बोतल, पानी पिउनका लागि सूचना दिने



काठमाडौं – एप्पल आफ्ना उत्कृष्ट प्रडक्टहरुका लागि लोकप्रिय छ । यहीँ क्रममा एप्पलले स्मार्ट बोतल सार्वजनिक गरेको छ । त्यसअघि एप्पलले फोन सफा गर्ने कपडा सार्वजनिक गरेको थियो ।

एप्पलले सार्वजनिक गरेको स्मार्ट बोतलको नाम Hydrate Spark राखिएको छ । यो एक पानी पिउने बोतल हो । यसलाई अमेरिकामा एप्पल स्टोरहरुबाट ५९.९५ डलरमा खरीद गर्न सकिने बताइएको छ ।

तत्कालका लागि एप्पलको स्मार्ट बोतल Hydrate Spark केवल अमेरिकी बजारमा मात्र उपलब्ध छ । विश्वका अन्य देशमा यो स्मार्ट बोतल कहिलेदेखि उपलब्ध हुन्छ भन्ने बारेमा चाहीँ केही खुलाइएको छैन ।

एप्पलको यो बोतललाई स्मार्ट बोतल भनिनुको कारण यसमा ब्लुटुथ कनेक्टिभिटी हुनु हो । यो बोतलले तपाईको पानी पिउने आनीबानीलाई अनुगमन गर्नेछ र आइफोनको एप्पल हेल्थ एपमा डाटा पठाउनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : २० बजे