मुम्बईलाई हराएपछि हैदरावादको सम्भावना कायम



मुम्बई — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा मंगलबार मुम्बई इन्डियन्सलाई तीन रनले पराजित गर्दै आफ्नो लगातार पाँच खेलको हारको क्रम रोकेको छ । जितले उसको प्ले अफ सम्भावना पनि कायम रह्यो ।

राहुल त्रिपाठीले ४४ बलमा ७६ रन बनाएपछि हैदरावादले छ विकेटमा १ सय ९३ रन बनाएको थियो । उमरान मलिकले २३ रन खर्चेर तीन विकेट लिएपछि मुम्बईले जवाफमा सात विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो ।

टिम डाविडले १८ बलमा ४६ रन बनाए पनि मुम्बईलाई जित दिलाउन सकेनन् । सन् २०१६ को विजेता हैदरावादले सहभागी १० टिममध्ये आठौं स्थानमा छ र उसको प्ले अफ सम्भावना भने झिनो मात्र हो ।

आईपीएल इतिहासकै सर्वाधिक सफल टिम मुम्बईको प्ले अफ सम्भावना यसअघि नै समाप्त भइसककेको छ र दसौं हारसँग टिम अंक तालिकाको पुछारमा रह्यो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : ४० बजे