अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले चीनमाथि गलत आरोप लगाए – चिनियाँ विदेश मन्त्रालय



अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक टिप्पणी दिएको भिनिया विदेश मन्त्रालयले जनाएको छ ।

व्लिङ्केनको भाषणले चीनबारे ‘गलत सूचना फैलाएको, चीनबाट सुरक्षा खतरा हुने भन्ने बिषयलाई बढाइचढाइ गरेको, चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको स्वदेश तथा तथा विदेश नीतिलाई निन्दा गरेको’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

चीनले आफ्नो बढ्दो प्रभाव र विश्वव्यापी महत्वाकांक्षाबारे हालैका दिनहरूमा संयुक्त राज्य अमेरिका र उसका पश्चिमी सहयोगी राष्ट्रहरूबाट चेतावनीको स्वरको सामना गर्नुपरेको छ । बिहीबारको भाषणमा ब्लिन्केनले चीनको ‘अन्तरराष्ट्रिय अवस्थालाई पुनः आकार दिने अभिप्राय” बारे चेतावनी दिनुभएको र विश्वव्यापी व्यवस्थामा सुरक्षाको लागि आह्वान गर्नुभएको थियो । उहाँले बेइजिङलाई आफ्नो इलाकाको भागको रूपमा चीनले दाबी गरेको स्वशासित द्वीप ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाउनुभएको थियो ।

उहाँले बेइजिङले “विश्वभरका देशहरूसँग ताइवानको सम्बन्धलाई टुटाएको र यसलाई अन्तरराष्ट्रिय संगठनहरूमा भाग लिनबाट रोकेको आरोप लगाउनुभएको थियो । ब्लिङ्केनको भाषणको ‘खरो रूपमा खण्डन’ गर्दै चीनले यसको कुटनीतिकरूपमा विरोध गर्ने वाङले बताउनुभयो । उहाँले भन्नुभयो, “वासिङ्टनले ‘चीनको विकासलाई रोक्न, दबाउन र अमेरिकी शासन र शक्ति कायम राख्न’ प्रयास गरेको देखिन्छ ।”

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  ८ : ४३ बजे