भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित



नयाँदिल्ली, १७ जेठ (रासस÷ एएनआइ) – भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । आइतबार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए । आइतबार तुलनामा सोमबार कोरोना सङ्क्रमितको संख्यामा केही कमि आएको देखियो ।

हाल यहाँ १७ हजार ८८३ सक्रिय सङ्क्रमितसक्रिय रहेका छन् । यो संख्या कुल सङ्क्रमितको ०।०४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा २ हजार १३४ जनालाई कोरोना निको भएपछि कुल ४ करोड २६ लाख १५ हजार ५७४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८।७४ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६३० पुगेको छ ।

भारतले सोमबार ३ लाख ६३ हजार ८८३ जनाको कोभिड परीक्षण गरेको छ । हालसम्म भारतमा कुल ८५ करोड ४ लाख कोभिड परीक्षण गरिएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९३ करोड डोज खोप लगाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ५ : ४९ बजे