अडिओ प्रकरणबारे छानबिन समिति गठन, न्यायाधीश कोइरालालाई काम गर्न रोक



काठमाडौं, असार ८ – न्याय परिषद्ले न्यायाधीश-अधिवक्ता मोलमोलाइसम्बन्धी अडिओ प्रकरण छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

बुधबार बसेको न्याय परिषद्को बैठकले उक्त विषयमा छानबिन गर्न न्यापरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

छानविन समिति गठन भएसँगै न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइएको छ । कोइरालाले जहाँ दरबन्दी छ, त्यहीँबाट तलव बुझ्ने तर कुनै काम गर्न नपाउने प्रवक्ता कार्कीले बताए ।

रुद्र पोखरेलबीच ठगी मुद्दाका आरोपी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडिओ सार्वजनिक भएको थियो ।

सो अडिओ बाहिरिएपछि न्याय परिषद्को आकस्मिक बैठक बसेको हो । न्यायाधीश कोइरालाले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै निष्पक्ष छानबिनका लागि न्यायपरिषद्लाई आग्रह गरेका छन् ।

अधिवक्ता पोखरेलले पनि अडिओबारे छानबिनको माग गर्दै हाललाई कुनै मुद्दाको बहस पैरवी नगर्ने भन्दै स्वनिलम्बनको घोषणा गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १० : २७ बजे