सानेपा : भित्र कांग्रेस बैठक, बाहिर सभापति देउवाबिरुद्ध प्रदर्शन



काठमाडौं, असार २७ – नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरू भएको छ । सानेपास्थित केन्द्रीय कार्यालयमा भ्रातृ संस्थाबारे छलफल हुने बताइएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । केन्द्रीय समिति बैठक बसिरहेको बेला पार्टी कार्यालय बाहिर भने शेखर कोइराला पक्षधर कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शन र नाराबाजी जारी राखेका छन् ।

बैठकका लागि पुगेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, कांग्रेसका मन्त्री र पदाधिकारीको गाडीमा अवरोध पुर्‍याउन खोज्दा प्रहरीले बल प्रयोगसमेत गरेको थियो ।

पार्टीका भ्रातृ संगठनहरूमा सभापति देउवाले एकलौटी गरेको भन्दै शेखर पक्षधर कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : १७ बजे