दृष्टान्त
काठमाडौं, ५ साउन – नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारले अमेरिकी स्टेट पाटर्नरसीप प्रोग्राममा सहभागी नहुने भनेर अझैसम्म पत्र नपठाएको भन्दै आक्रोस पोखेका छन् ।
उनले नेपालको मन्त्रिपरिषद्भन्दा बाहिर कतै कार्यकारी छ कि भनेर गम्भीर प्रश्न समेत उठाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर खनालले २२ असारमा मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझैसम्म पत्राचार नभएको बताए । उनले भने, ‘के कारणले लेख्न सकिएको छैन ? हाम्रो देशको क्याबिनेटभन्दा बाहिरतिर कता छ कार्यकारी अधिकार ?’
उनले चियामा बेवास्ता गरेको भन्दै सरकारको आलोचना गरे । उनले मुलुकमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या भोग्नुरेको भन्दै खनालले तत्काल चियाको अक्सन सेन्टर खोल्न माग गरे ।
प्रतिक्रिया