नेपाल र बंगलादेशबीच ५० मेगावाटसम्म विजुली व्यापार गर्ने सहमति




काठमाडौं– नेपाल र बंगलादेश ५० मेगावाटसम्मको बिजुली व्यापार गर्न सहमत भएका छदन् ।

दुईदेशका बीच ऊर्जा सहकार्यका लागि गठित ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको हो ।
भारतले प्रसारणलाइन प्रयोगको अनुमति दिएमा एनभीभीएनमार्फत विद्युत व्यापार सुरु गर्ने सहमति भएको छ ।


‘बंगलादेश र नेपालबीचको विद्युत् व्यापारमा हामीले मात्रै सहमति गरेर हुँदैन, भारत नेपाल र बंगलादेशबीच त्रिपक्षीय सम्झौता नै हुनुपर्छ,’ बैठकमा सहभागी एक अधिकारीले भने,’भारत सहमत भएपनि ५० मेगावाटभन्दा बढीको बिजुली व्यापार गर्न अहिले हाम्रा सीमाहरुसम्म रहेको प्रसारणलाइन र पूर्वाधारले सम्भव हुँदैन ।’

बैठकमा नेपाल(बंगलादेश प्रसारण कारिडोर निर्माण लागि भारतसँग दुबै देशले कुराकानी गरेर वातावरण बनाउने सहमति पनि भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  ९ : ५२ बजे