नेप्से परिसूचकमा उच्च अङ्कको ओरालो



धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक एक हजार नौ सय विन्दुमा ओर्लेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ८९ दशमलव २६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ७० मा पुगेको छ । कूल २२४ कम्पनीको ६१ लाख ४८ हजार तीन सय ४१ कित्ता शेयर रु दुई अर्ब पाँच करोड ९७ लाख ३७ हजार एक सय तीन मूल्यमा खरिद बिक्री भए ।

सामूहिक लगानी कोषबाहेक सबै उपसमूहको शेयर मूल्यमा गिरावट आयो । नेप्सेका अनुसार सामूहिक लगानी कोष शून्य दशमलव शून्य आठ अङ्कले उकालो लाग्दा अन्य सबै उपसमूहको शेयर मूल्यमा गिरावट देखियो । आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५१ अर्ब ३८ करोड ९४ लाख १८ हजार नौ सय ७८ बराबर रहेको छ । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३३ लाख ६१ हजार नौ सय ७४ बराबरको कारोबार रह्यो । नेप्सेका अनुसार राधी विद्युत् कम्पनी पाँच दशमलव ९०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ८८, एनआइबिएल प्रगति फण्ड तीन दशमलव २३, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रो दुई दशमलव ८६ र नविल बैंकको ऋणपत्रका लगानीकर्ताले दुई प्रतिशतले कमाएका छन् ।

रुरु जलविद्युत् परियोजनाको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लागेको छ । अप्पर हेवाखोला हाइड्रोपावर सात दशमलव शून्य, मन्दाकिनी हाइड्रोपावर छ दशमलव ७७, नारायणी डेभलपमेन्ट बैंक छ दशमलव ७१ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव २९ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : २३ बजे