प्रधानमन्त्री कप क्रिकेट : एपिएफ फाइनलमा


रासस

२४ कार्तिक २०७९, बिहिबार  

0
Shares

शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । मधेश प्रदेशले एपिएफलाई जितका लागि १२३ रनको लक्ष्य दिएको थियो । जवाफमा एपिएफले २१ दशमलव तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

एपिएफका लागि लोकेश बमले सर्वाधिक ३५ रनको योगदान दिए भने प्रदीप ऐरीले ३३ तथा आशिफा शेखले २५ रनको योगदान दिए । त्यसैगरी सुमित मर्हजनले १३ रन जोड्दा सन्दिप जोरा छ रनमा अविजित रहे । बलिङतर्फ मधेश प्रदेशका रुपेश सिंहले तीन विकेट झारे भने राजेश यादवले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ३१ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो ।

मधेश प्रदेशका लागि रुपेश सिंहले अविजित रहदै सर्वाधिक ३६ रनको योगदान दिए । सन्तोष कार्कीले २०, इमरान शेखले १६, अनिल साहले १३, आदील आलमले ११ तथा राजेश यादवले १० रन बनाए । एपिएफका कमल ऐरी एक्लैले चार विकेट लिए भने भुवन कार्की र मौसम ढकालले समान २÷२ विकेट झारे । भोलि हुने दोस्रो सेमिफाइनल खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : ५२ बजे