क्रोएसियालाई हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा



काठमाडौं– क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा पुगेको छ । कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले साबिक उपविजेता क्रोएसियालाई ३–० को जित हात पारेको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा खेलको ३४ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं र ६९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै खेल ३–० को अवस्थामा पु¥याएका थिए ।

अर्जेन्टिना यसअघि १८ वटा विश्वकपमा सहभागी भइसकेको छ । यो उसको लगातार तेह्रौं विश्वकप हो । दुई पटकको विश्वविजेता अर्जेन्टिना २०१४ मा फाइनलमा पुगेको थियो ।
विश्वकै नम्बर एक खेलाडी लियोनल मेस्सीको नेतृत्वमा भने अर्जेन्टिनाले विश्वकप जित्न सकेको छैन । सम्भवत् कप्तान मेस्सीको यो अन्तिम विश्वकप हुनेछ ।

पहिलो विश्वकपमै फाइनलमा पुगे पनि अर्जेन्टिनाले ४८ वर्षपछि मात्रै उपाधि जितेको थियो । १९७८ मा पहिलो उपाधि जितेको अर्जेन्टिनाले ८ वर्षपछि अर्को उपाधि थप्यो । त्यसलगतै फेरि फाइनलमा पुगे पनि साविक उपविजेता जर्मनीसँग हारेको थियो। त्यसपछि २०१४ मा विश्वकपमा स्थान बनायो तर पूरानै टोली जर्मनीले उपाधि यात्रामा धक्का दिएको थियो। १९९० पछि भने अर्जेन्टिना दोस्रोपटक फाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार  १० : ३९ बजे